नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असाेज ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापकहरूको छाता संगठन त्रिवि प्राध्यापक संघले बडादशैं, तिहार, नेपालसम्बत तथा छटआदि पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार त्रिचन्द्र कलेजमा आयोजित कार्यक्रममा उपत्यकामा रहेका प्राध्यापकहरूको उपस्थिति रहेको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा त्रिवि प्राध्यापक संघ केन्द्रीय कार्य समितिका सभापति डा. वसन्त ढकालले शुभकामना मन्तव्य राखेका थिए । कोरोना सङ्क्रमणको भयलाई मध्यनजर गर्दै कार्यक्रम अत्यन्त सङ्क्षिप्त रूपमा सम्पन्न गरिएको थियो ।
