नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असाेज ।
हिमालयन बैंक लिमिटेडको अध्यक्ष पदमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई मंगलबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
अध्यक्ष श्रेष्ठले सपथ ग्रहणपश्चात आजै बैंक अध्यक्षको पद बहाली गरेका थिए । श्रेष्ठलाई बैंकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणालगायत बैंकका वरिष्ठ अधिकृतहरूले स्वागत गरेका थिए ।
श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बुधबारका दिन बसेको बैंकको ४११ औं संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको थियो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको संचालक समितिका सदस्य रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।