आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

६ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १६ हजार ४२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार ५८२ पीसीआर परीक्षणमा ७६२ जना र चार हजार ४६० एन्टिजेन परीक्षणमा २०६ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ११४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ७१ हजार ३३८ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ हजार २४८ रहेको छ । जसमा १५ हजार ११७ जना होम आइसोलेसनमा छन् भने १ हजार १३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३३५ संक्रमित आईसीयूमा र १२२ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९८ हजार ७६६ र एन्टिजेन विधिबाट ९२ हजार ४५८ जना पुगेको छ ।

सम्बन्धित समाचार