नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असाेज ।
मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सर्बसाधारणलाई आज देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान ९आईपीओ० बिक्री खुला गरेको छ। कम्पनीले सर्बसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो।
पछिल्लो समय सेयरमा आवेदन दिनेको संख्या बढ्दो क्रममा रहेको छ। हाल सेयर निष्कासन गरेको कम्पनीको सेयरमा मागभन्दा पाँच गुणासम्म बढी आवेदन पर्न थालेको छ। हाल आवेदकलाई गोलाप्रथामार्फत सेयर वितरण गर्ने नियम अनुसार कम्पनीको सेयर करिब ९ लाख जनाले १० कित्ताका दरले पाउनेछन्। त्यसैले कम्पनीको सेयरमा १० कित्तामात्र आवेदन दिनु उचित देखिन्छ।
कम्पनीले आयोजना जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर यसअघि नै बाँडफाँड गरिसकेको छ।