नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असाेज ।

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ । दिउँसो १ बजे बोलाइएको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने छ ।
स्थायी कमिटी सदस्य गणेश साहले दिएको जानकारीअनुसार यसअघि पनि मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएकाले आज पनि सोही निर्णय कायमै रहन सक्ने सम्भावना पनि छ । माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ भने अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने छ ।
जसअनुसार देवेन्द्र पौडेल, सुदन किराती, महेश्वर गहतराज र शशी श्रेष्ठ मन्त्री हुने बढी सम्भावना छ । यद्यपि देव गुरूङ र कृष्णबहादुर महराले पनि मन्त्री बनाउन प्रचण्डलाई दवाव दिइरहेका छन् ।

