नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असोज ।

पूर्व सांसद तथा सिभिल ग्रुप (सिभिल सहकारी)का अध्यक्ष समेत रहेका इच्छाराज तामाङ सहित १२ जनालाई अनुसन्धानका लागि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको छ । तामाङ सहित १२ जनालाई ठगी आरोपमा पक्राउ गरिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोले काठमाडौँ जिल्ला अदालतले तामाङसहित १२ जनालाई हिरासतमा राखी अनुसन्धान गर्न ५ दिनका लागि म्याद थप गरिएको जानकारी दिए । सिभिल सहकारीका अध्यक्ष तामाङसहित १२ जनाले बचतकर्ताको ७० करोड ८९ लाख १३ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
तामाङमाथि चिठ्ठा, घरकर्जा लगायतका आकर्षक अफर देखाएर ठगी गरेको तथा सहकारीको पैसा व्यक्तिगत र्फममा लगानी गरेको आरोप पनि छ । सिआइबीको टोलीले सोमबार तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो ।
