नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असोज ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समिति बैठकले मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई दिएको छ । आज (बुधबार) पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी बैठकले सो निर्णय गरेको हो ।
कार्यकारिणी बैठकले सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा पार्टीका अध्यक्षहरु उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मा दिने निर्णय गरेको हो । जनता समाजवादी पार्टीले भौतिक पूर्वाधारसहित चार मन्त्रालय पाउने टुंगो लागेको छ ।
मंगलबार सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि जसपा अध्यक्ष उपेन्द यादवले बुधबार काठमाडौंमा उपलब्ध कार्यकारिणी सदस्यहरुको सामूहिक छलफलले मन्त्रीहरुको नामको टुंगो लगाउने बताएका थिए।

