आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १५ हजार ४६५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र चार हजर ३०० एन्टिजेन परीक्षणमा १९४ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ८९१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ७२ हजार २२९ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ हजार १९४ रहेको छ । जसमा १४ हजार ९७५ जना होम आइसोलेसनमा छन् भने १ हजार २१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९९ हजार ६१५ र एन्टिजेन विधिबाट ९२ हजार ६५२ जना पुगेको छ ।

सम्बन्धित समाचार