माओवादी केन्द्रबाट सरकारमा नेतृत्व पम्फा भुसालले गर्ने

नेकपा माओवादी केन्द्रबाट शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको नेतृत्व ऊर्जामन्त्री पम्फा भुसालले गर्ने भएकी छन्। माओवादीबाट मन्त्री बनिसकेका र बन्न लागेकाहरुमध्ये सबैभन्दा सिनियर भएका आधारमा भुसाललाई सरकारमा नेतृत्व गर्ने अवसर मिलेको हो ।

उनी असार २९ गते प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएकै दिन ऊर्जा मन्त्री बनिसकेकी थिइन् । आफ्नो कोटामा परेका ४ मन्त्री टुंगो लगाउँदा देवेन्द्र पौडेल, महेश्वर गहतराज र शशी श्रेष्ठलाई माओवादीले अवसर दिने भएको छ ।



माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये भुसाल, जनार्दन शर्मा र पौडेल मात्रै स्थायी समिति सदस्य हुन्। गहतराज, श्रेष्ठ र बोधमाया यादव केन्द्रीय सदस्य मात्रै हुन्। माओवादीले देउवा सरकारमा अर्थ, ऊर्जा, शिक्षा, खानेपानी र भूमि व्यवस्था तथा सहकारीसहित ५ मन्त्रालय पाएको छ।

बोधमाया यादवलाई राज्यमन्त्री दिने भनिएपनि मन्त्रालयको टुंगो लगाइएको छैन ।

सम्बन्धित समाचार