एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्दै

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्। दल विभाजनको समयमा एमालेमै बसेका उनी विहीबार एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन्।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका उपाध्यक्ष माधव पन्तले जोशी आज औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको जानकारी दिए।



दल रोज्न निर्वाचन आयोगले प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरुलाई दिएको भदौ २२ को समयसीमाभित्र नै उनले एकीकृत समाजवादी रोज्ने बताएका थिए। तर, उनी एमालेमै बसे। उनी एमालेमै बसेपछि एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पनि तोकेको थिएन। अन्तिममा एकीकृत समाजवादीले गरिमा शाहलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाएको थियो।

सम्बन्धित समाचार