नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँ तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ९५० कायम गरिएको छ, जुन बुधबार प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य बुधबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै प्रतितोला १ हजार १७० रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।