नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।

बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी सरकारले २३ प्रतिशतले भाडा बढाएको हो ।
त्यस्तै काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पनि २३ प्रतिशतले भाडा वृद्धि भएको छ । नयाँ भाडा अनुसार उपत्यकाभित्रको सार्वजनिक साधनमा ५ किलोमिटरसम्म रु १८, १० किलोमिटरसम्मको लागि रु २३, १५ किलोमिटरसम्म रु २७, २० किलोमिटरसम्मको रु ३० र २० किलोमिटरभन्दा माथिको लागि रु ३५ निर्धारण भएको छ ।
यसअघि यातायात व्यवसायीले भाडा नबढाएको भन्दै आन्दोलन गरेका थिए । यस्तै यातायात व्यवसायीले भाडा वृद्धि कम भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
नयाँ भाडादर
