नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधव नेपाललाई दिएको छ । आज (बिहीबार) बसेको बैठकले सरकरमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउने जिम्मा नेपाललाई दिएको हो ।
नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको बैठकले निश्चित मापदण्डका आधारमा मन्त्री छनोट गर्ने जनाएको छ । मन्त्री र मन्त्रालय बाँडफाँडको जिम्मा अध्यक्षलाई नै दिएको एक नेताले जानकारी दिए । त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । जोशीलाई पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका थिए ।
नेकपा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ ।

