दुई प्रदेशमा मुख्यमन्त्री पाउने भएपछि चार मन्त्रालयमै चित्त बुझायो एकीकृत समाजवादीले

नेकपा एकीकृत समाजवादीको विहीबार बसेको स्थायी कमिटी बैठकमा मन्त्रालय बाँडफाँडको विषयमा असन्तुष्टि व्यक्त गरेको थियो । मन्त्रालयको संख्या केही थप्नुपर्ने माग एकीकृत समाजवादीको थियो । तर बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एकीकृत समाजवादीलाई बागमती र प्रदेश १ को मुख्यमन्त्री दिने सहमति भएपछि केन्द्रमा चारवटा मन्त्रालयमा चित्त बुझाउने भएको छ ।

केही हप्तायता प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा अन्य दललाई मन्त्रालयको संख्या घटाउने मात्र होइन, बागमती प्रदेशको मुख्यमन्त्री पनि दाबी गरेपछि एकीकृत समाजवादी रुष्ट भएको हो । चारवटा मन्त्रालय र एक राज्यमन्त्रीमात्रै पाउने भएपछि बढेको असन्तुष्टिकै कारण सरकार विस्तारमा ढिलाइ पनि भएको थियो ।



एकीकृत समाजवादीमा विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने सहमति भइसकेको छ । मन्त्रीहरूको सूचीमा खतिवडासहित रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, भवानी खापुङ र किसान श्रेष्ठ, मेटमणि चौधरीलगायतको नाम चर्चामा छ ।

गठबन्धनबीच भएको सहमति अनुसार संस्कृति, पर्यटन, श्रम तथा रोजगार, कानुन, न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालय एकीकृत समाजावादीले पाउनेछ । चार मन्त्रीसहित एक राज्यमन्त्री पनि पाउनेछ । त्यस्तो अवस्थामा ५ जना सांसदले अवसर पाउनेछन् ।

सम्बन्धित समाचार