नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन्। सत्तारूढ दलहरूबाट मन्त्री हुनेको नाम आएपछि आज मन्त्री नियुक्त गर्ने र अपरान्ह ४ बजे मन्त्रीहरूको सपथ गराउने कार्यक्रम छ।
नेकपा माओवादी केन्द्रले चार जना मन्त्री हुनेहरुको जिम्मेवारी तोकेको छ । माओवादी केन्द्रले देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा शशी श्रेष्ठ र महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मा दिने पार्टीले जनाएको छ । यस्तै राज्यमन्त्रीमा सिफारिस मोधमाया यादवलाई शिक्षा वा भूमि व्यवस्थाको राज्यमन्त्री दिने तयारी रहेको एक नेताले बताए ।
माओवादीले बुधबार नै मन्त्रीहरुको नाम टुंगो लगाए पनि मन्त्रालयको विषयमा भने टुंगो लागेको थिएन । शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाएको छ ।

