एकीकृत समाजवादीले तोक्यो चार मन्त्रीको जिम्मेवारी, रामकुमारीलाई पर्यटन, विरोधलाई स्वास्थ्य

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो भागमा परेका चार मन्त्रालयमा पठाउने नाम टुंगो गरेको छ। बिहीबार बसेको स्थायी कमिटीको बैठकले चारै मन्त्रीको नाम टुंग्याएका हुन्।

जसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रामकुमारी झाँक्री बन्दैछिन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडा बन्ने भएका छन् । सहरी विकास मन्त्रालयको जिम्मेवारी प्रेम आलेलाई दिइएको छ । त्यस्तै एकीकृत समाजवादीले श्रम मन्त्रालयमा कृष्णकुमार श्रेष्ठ ‘किसान’ पठाउने निर्णय गरेको छ ।



यस्तै राज्यमन्त्रीमा भवानी खापुङलाई पठाउने तयारी भएको छ । यस अघि बिहीबार बसेको स्थायी कमिटिको बैठकले खतिवडालाई शहरी विकास, झाँक्रीलाई स्वास्थ्य, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। मन्त्रीहरुको शपथ आज ४ बजेलाई तोकिएको छ।

सम्बन्धित समाचार