प्रधानन्यायाधीशका आफन्त गजेन्द्र हमाल आपूर्तिमन्त्री

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । हमाल जबराको नाताले जेठान पर्नेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री को जिम्मेवारी दिएका छन् । राष्ट्रपतिसमक्ष पठाएको मन्त्रीहरुको सूचीमा उनको पनि नाममा रहेको देउवाको सचिवालयले पुष्टि गरेको छ ।



यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएको थियो । तर, जबराले हमाल एक काँग्रेसको नेता भएको र उनलाई मन्त्री बनाउन आफ्नो हात नरहने बताएका थिए ।

सम्बन्धित समाचार