दोस्रो वरियतामा गृहमन्त्री खाँण

वर्तमान सरकारमा उपप्रधानमन्त्रीको पद नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो वरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । आज (शुक्रबार) देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

प्रधानमन्त्री देउवाले आफू पछिको वरियतामा खाँणलाई वरियतामा राखेका हुन् । काँग्रेस प्रमुख सचेतक समेत रहेका खाँणलाई गृह मन्त्रालयको जिम्मेवारी रहेको छ । त्यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रो वरियतामा रहँदा माओवादीको तर्फबाट मन्त्री बनेकी पम्फा भुसालको वरियता चौथों रहेको छ ।



आज (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

सम्बन्धित समाचार