नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा भक्तपुर सूर्यबिनायक नगरपालिका-९ नलिन्चोक बस्ने ३३ वर्षीय विजय महतो रहेका छन् ।
असोज १९ गते सोही नगरपालिका-१० चित्तपोलस्थित रिसोर्टमा विजयले ती महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
