मन्त्रीको आश्वासन दिएर धोका दिइयो : सुजाता

कांग्रेस नेतृ सुजाता कोइरालाले मन्त्री पदका लागि आश्वासन दिएर धोका दिइएको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।महामन्त्री डा शशांक कोइरालाले आश्वासन दिए पनि अन्तिममा धोका दिएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।

उनले यसले गर्दा शशांकको क्षमता र इमान्दारितामा गम्भीर प्रश्न उठेको बताइन् । ‘मलाई शशांकका भनाइहरुसँग कुनै विश्वास नै लाग्दैन, त्यसैले म मन्त्री बन्छु र शशांकले मलाई बनाउँछ भनेर विश्वास त थिएन नै तर पनि अन्तिममा धोका चाहिँ भयो,’ उनको प्रतिक्रिया थियो ।



शशांकले ‘म तिमीलाई मन्त्री बनाउँछु, पहिला उपप्रधानमन्त्री भइसकेकाले अब तिमीलाई राम्रो मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउँछु । पार्टीमा पनि सम्मानजक उपस्थिति रहने व्यवस्था मिलाउँछु’ भनेको तर अहिले मन्त्री नबनाइएको उनको गुनासो थियो ।

सम्बन्धित समाचार