नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असोज ।
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । छापावाल सुन शुक्रबार २०० रुपैयाँ बढ्दै प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २५० कायम गरिएको छ, जुन शुक्रबार प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य शुक्रबार मूल्य भन्दा ५ रुपैयाँ बढ्दै प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।