दुर्घटनामा ४ जनाको मृत्यु

सप्तरी, बाँके, दैलेख र रुकुम पश्चिममा भएका छुट्टाछुट्टै सवारी घटनामा ४ जनको मृत्यु भएको छ । सप्तरी, खडक नगरपालिका-६ ईन्द्रचौतारी चोकस्थित सडकमा प्रदेश २-०१-००१ प०३३४ नम्बरको मोटरसाइकललाई बा.३ ख ९६९० नम्बरको बसले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार खडक नगरपालिका-९ सरपा बस्ने ३० वर्षीया गुल्लु खातुनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सहित २ जनाको युनिभर्सल अस्पताल कल्याणपुरमा उपचार भईरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



त्यस्तै बाँके, राप्तिसोनारी गाउँपालिका-१ चप्परगौडीस्थित सडकमा लु.३ च ८८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ११ वर्षीया मेनुका बिकको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै दैलेख, दुल्लु नगरपालिका-१ दरबारे भिरस्थित सडकमा ना.६ ख ९२२ नम्बरको बस अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा बसमा सवार अछाम पञ्चदेवल गाउँपालिका-९ बस्ने ७४ वर्षीय भक्त वहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी रूकुम पश्चिम, सानोभेरी गाउँपालिका-११ स्थित अर्मा पाखा भन्ने स्थानमा ग.१ ज ४४५४ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जिपमा सवार हाल नाम, थर, वतन नखुलेका १ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिप चालक सहित २ जनालाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यकक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार