नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असोज ।

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न ? भन्दै प्रश्न गरेका छन् ।
रावलले आज(आइतबार) एक ट्विट गर्दै प्रधानमन्त्री देउवा र प्रधानन्यायाधीश जबराले नैतिकता देखाउनुपर्ने बताएका हुन् । त्यस्तै रावलले निहीत स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको बताए ।
रावलले ट्विटरमा लेखेका छन्, ‘व्यापक विरोधपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएको भन्दै रावलले अब उनलाई मन्त्री बनाउने प्रधानमन्त्री देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न ? निहीत स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको उनको भनाइ छ ।
रावलको ट्विट :

