लुम्बिनी प्रदेशमा को-को बने मन्त्री ? (सूचीसहित)

नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद विस्तार भएको छ । आज (आइतबार) मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद विस्तार भएसँगै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले गराएका हुन् ।



मन्त्री हुनेहरुमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँले शपथ लिएका हुन् । त्यस्तै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका बर्दियाका तिलकराम शर्माले पनि आइतबार शपथ लिएका छन् ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विक, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बनेकी सुष्मा यादवलाई प्रदेश प्रमुखले शपथ गराएका हुन् ।

सूची

सूची

सम्बन्धित समाचार