बुटवल अपडेट: प्रहरीको गोलीबाट ४ को मृत्यु, अनिश्चितकालिन कर्फ्यु आदेश जारी

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा चार जनाको मृत्यु भएको छ । स्थानीय र प्रहरीबीच झाडप हुँदा ३० जना घाइते बनेका थिए । घाइतेमध्ये ४ जनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका गम्भीर १३ घाइतेमध्ये ४ जनाको मृत्यु भएको हो ।

अस्पतालका अनुसार ५ जना प्रहरी र ८ जना सर्वसाधारण घाइते अस्पताल आएका थिए । तीमध्ये तीन जना अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो । अस्पताल आएकामध्ये गम्भीर एक घाइतेकाे निधन भएसँगै मृतककाे संख्या चार पुगेकाे हाे ।



जग्गा कब्जा गरी बसेका र प्रहरीहरूबीचको झडपमा घाइते भएकामध्ये तीन जनाको ज्यान गुमेको हो । उक्त क्षेत्रमा तनावको स्थिति भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयले आइतबार प्रहरी र जग्गा कब्जा गरी बसेकाबीच झडप भएपछि रुपन्देही प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो ।

सम्बन्धित समाचार