नारायणकाजीको चर्को असन्तुष्टिपछि माओवादीमा जिम्मेवारी हेरफेर

माओवादी केन्द्रले अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । दुई साताअघि भएको स्थायी कमिटी बैठकले प्रमुखमा नारायणकाजी श्रेष्ठलाई ल्याएको छ । भदौ ५ र ६ गते भएको स्थायी कमिटी बैठकले राम कार्कीलाई अन्तर्राष्ट्रिय विभागको प्रमुख बनाउने निर्णय गरेको थियो । नयाँ निर्णयमा कार्कीलाई विभागको उपप्रमुख बनाइएको छ ।

श्रेष्ठले विदेश विभागका प्रमुखको जिम्मेवारी नपाएको भन्दै असन्तुष्ट रहँदै आएका थिए । माओवादी केन्द्रले आइतबार गरेको नयाँ परिपत्रमा अघिल्लो निर्णय सच्याइएको उल्लेख छ ।



माओवादी केन्द्रले विभिन्न देशमा राजदूत भइसकेका कूटनीतिज्ञको नाम प्रस्ताव गर्दै अन्तर्राष्ट्रिय विभाग गठन गर्न खोजेको थियो । नाम आएकामध्ये केहीले विभागमा नबस्ने घोषणा गरेका थिए ।

 

सम्बन्धित समाचार