डोबाटे विश्वकर्मा विना विभागीय मन्त्रीमा नियुक्त

साँझ ५ बजे शपथ

डोबाटे विश्वकर्मा गण्डकी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।

ऊनले आज साँझ ५ बजे मुख्यमन्त्री कार्यालयमा शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । विश्वकर्माको नियुक्तिसँगै गण्डकी प्रदेशमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रिपरिषद् भएको छ । गत साउनमा मन्त्रिपरिषद् विस्तारका बेला पनि उनलाई मन्त्री बनाउने तयारी थियो । तर अन्तिममा उनको स्थानमा बिन्दुकुमार थापालाई मन्त्री बनाएका थिए, जसको चर्को आलोचना भएको थियो । ।



आइतबार पोखरा पुगेका प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि मुख्यमन्त्री पोखरेलले विश्वकर्मालाई मन्त्री बनाउने सहमति भएको हो ।

सम्बन्धित समाचार