दशैंका बेला सरकारले चार जनाको हत्या गर्‍यो : खिमलाल भट्टराई

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभामा रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै विरोध जनाएको छ । आज(सोमबार) बसेको बैठकमा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सुकुम्बासीको नाममा सरकारले दमन गरेको बताए ।

भट्टराईले सुकुम्बासीको हत्या गरेर सरकारले दशैंका बेला सुकुम्बासीका लागि दशा तिम्त्याएको आरोप लगाए । ‘घटनाको भत्र्सना गर्छु । गृहमन्त्रीले आफ्नो जिल्लामा भएको घटना कुन मुखले हिँड्नुहुन्छ ?,’ उनले भने, ‘सुकुम्वासी हुन कसैलाई रहर हुन्छ, रहरले कोही सुकुम्वासी हुन्छ र ?’ त्यस्तै भट्टराईले भने, ‘रुपन्देहीमा भएको घटना दुखदायी छ, सुकुम्वासी र भूमिहीनको व्यवस्थापन नगरी दशैंको मुखमा गोली प्रहार भएको छ,’ उनले भने, ‘यो दशैंलाई दशा निम्त्याउने काम गृहमन्त्रीले गर्नु भएको छ।’



भट्टराईले उक्त घटनाको निष्पक्ष छानबिन, घाइतेको निःशुल्क उपचारको व्यवस्था र मृतक परिवारलाई क्षतिपूर्तिको माग गरे । आइतबार रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागि चार जनाको मृत्यु भएको थियो । राष्ट्रिय सभाको आजको बैठक प्रारम्भ हुने बित्तिकै एमालेका सांसदले उभिएर विरोध जनाएपछि सभा अध्यक्ष तिमिल्सिनाले नेकपा (एमाले) का मुख्य सचेतक खीमलाल भट्टराईलाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।

 

 

 

 

सम्बन्धित समाचार