प्रधानमन्त्री देउवाले नै उद्योग मन्त्रालय सम्हाले (विज्ञप्तिसहित)

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी हुन्।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम गजेन्द्र हमालले राजीनामा दिएकाले सो मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।



चौतर्फी आलोचना भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका थिए । गैरसांसद हमाललाई देउवाले मन्त्री बनाएपछि उनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना भएको थियो । उनी राणाका जेठान हुन् ।

विज्ञप्ति :

विज्ञप्ति :

सम्बन्धित समाचार