प्रचण्डले गरे यस्तो अपिल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन अपिल गरेका छन् । दशैं, तिहार, नेपाल संवत्, छठ लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो अपिल गरेका हुन् ।

दशैं, तिहार, नेपाल संवत्, छठ लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना सन्देश दिँदै दाहालले सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएकाले यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु हाम्रो कार्यभार रहेको बताएका हुन् ।



बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु रहेको बताउदै उनले आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल भएको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार