रोकिएको प्रक्रिया तिहारलगत्तै सुरु हुन्छ : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताएका छन् । आज (मंगलबार) चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले विवाद रहेका १३ जिल्लासहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताएका हुन् ।

उनले भने, ‘तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ । अब सार्ने अवस्था छैन । महाधिवेशन समायमानै गर्नुपर्छ ।’ १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उनले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताए ।



महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको उनले बताए । उनले भने, ‘छलफल भइरहेको छ । संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौँ ।’ आफू, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उनले आफू बलियो उम्मेदवार रहेको बताए ।

फरक प्रसङ्गमा सरकारले पूर्णता पाएसँगै विकास निर्माणका कामहरुलाई तिव्रता दिइने उनको भनाइ थियो । उनले भने, ‘अहिलेको सरकार गठवन्धनको सरकार हो । यसले पूर्णता पाएको छ । अब राम्रो काम गर्छ ।’

 

 

सम्बन्धित समाचार