कांग्रेसमा वर्चश्व भएको सभापति हुनपर्छ : महामन्त्री कोइराला

नेपालीका कांग्रेसका महामन्त्री डा शसाङ्क कोइरालाले पार्टीको वर्चश्व समापतिको हातमा हुनुपर्ने बताएका छन्। विधानले पार्टी सभापतिको अधिकार खुम्च्याएको भन्दै विधान परिवर्तन गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस रत्ननगर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले आफू सभापति भए सबैभन्दा पहिला विधान संसोधन गर्ने बताए।

कांग्रेसमा सभापति सहित पदाधिकारी पनि निर्वाचित हुने व्यवस्था छ। महामन्त्री कोइरालाले भने पदाधिकारी चयनको अधिकार सभापतिमा रहने विधान बनाउनुपर्नेमा आफू लागेको बताए। ‘हामीले जुन विधान बनायौं त्यो राम्रो विधान होइन। अहिले सम्पूर्ण पदहरु निर्वाचित हुने व्यवस्था छ। सभापतिको हातै छैन ’, उनले भने, ‘महामन्त्री, सह महामन्त्री, केन्द्रीय सदस्य बनाउने अधिकार सहित सभापतिमा वर्चश्व हुने विधान हुनुपर्छ। म सभापति भए भने पहिलो काम विधान परिवर्तन गर्छु।’



१४ औं महाधिवेशनमा पार्टी सभापति देउवा इतर पक्षधरमध्ये एक जना सभापतिको उमेदवार हुने भनिए पनि कोइरालाले आफू पछि नहट्ने बताएका छन्। ‘हामी चार जना छौं तर म पछि सर्ने वाला छैन’, उनले भने, ‘कारण केहो भने पार्टीको गतिविधि महामन्त्रीको हैसियतबाट नजिकबाट निहाले। पार्टीलाई सुदृढीकरण गर्न केन्द्रीय नेतृत्वमा परिवर्तन आउनपर्छ। ’

सभापति देउवाले आफ्नो गुट मात्रै खोज्ने गरेको आरोप लगाए। उनले पार्टी बनाउन गुटको समाप्त गरेर एक बनाउन आफू अग्रसर रहेको बताए।

सम्बन्धित समाचार