झण्डै २ वर्षपछि देशले उपसभामुख पाउँदै, सत्ता गठबन्धनले थाल्यो चयन प्रक्रिया

हालै मन्त्रिपरिषद्लाई पूर्णता दिएको सत्तारुढ गठबन्धनले उपसभामुख चयन प्रक्रिया अघि बढाएको छ । दशैं लगत्तै देशलाई उपसभामुख दिने गरे गठबन्धनले प्रक्रिया अगाडि बढाएको हो । शीर्ष नेताहरुबीच उपसभामुख जनता समाजवादी पार्टी (जसपा) लाई दिने समझदारी बनेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा)बीच छिट्टै उपसभामुख चयन गर्ने समझदारी बनेको हो। प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ।



हाल नेकपा माओवादीका अग्नि सापकोटा सभामुख छन्। उपसभामुख आफ्नो पार्टीले पाउने भएपछि जसपाले उपयुक्त महिला पात्रको खोजी गरिरहेको छ । गठबन्धनका शीर्ष नेताहरुबीच दशैं लगत्तै उपसभामुख चयन प्रक्रिया थाल्ने समझदारी बनेकोले जसपालाई सोही अनुसार तयारी थाल्न आग्रह गरिएको छ ।

२०७६ माघ ६ गते शिवमाया तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिएयता सो पद रिक्त छ।

सम्बन्धित समाचार