आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

४ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ५ हजार ५९४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ३ हजार ६७१ पीसीआर परीक्षणमा ३२६ जना र एक हजार ९२३ एन्टिजेन परीक्षणमा ३९ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ६०९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ७८ हजार ३५० जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार २६७ रहेको छ । जसमा १३ हजार १७२ जना होम आइसोलेसनमा छन् भने १ हजार ९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३१५ संक्रमित आईसीयूमा र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख तीन हजर ८७८ र एन्टिजेन विधिबाट ९३ हजार २५६ जना पुगेको छ ।

 

सम्बन्धित समाचार