नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असोज ।
कोलकाता नाइट राइडर्स इ न्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता उपाधि नजिक पुगेको हो
सारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १३५ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ३६ रन बनाए भने श्रेयस एयर ३० रनमा अविजित रहे । त्यस्तै पृथ्वी श र मार्कुस स्टोनिसले समान १८-१८ रन जोडे भने शिम्रन हिटमायरले १७ रन बनाए । कोलकाताका लागि वरुण चक्रवर्तीले २ विकेट लिए भने लक्की फर्गुसन र शिबम माभीको भागमा समान १-१ विकेट रह्यो ।
१३६ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाताले १९.५ ओभरमा ७ विकेट गुमाउदै पूरा गर्यो । कोलकाताको लागि भेन्कातेस एयरले ५५ रनको अर्धशतकीय पारी खेले भने सुबमन गिलले ४६ रन जोड्दा नितिश रानाले १३ रन बनाए । यस्तै राहुल त्रिपाठी १२ रनमा अविजित रहे ।
दिल्लीका लागि कागिसो राबडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले समान २-२ विकेट लिए । अब उपाधिको लागि कोलकाताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा दिल्लीलाई हराउदै चेन्नई यसअघि नै फाइनल पुगिसकेको छ । फाइनल खेल भोलि (शुक्रबार) दुबईमा हुनेछ ।