राष्ट्रपति भण्डारीद्वारा नवकन्याहरुको पूजा

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौँ दिन महानवमीको अवसरमा नवकन्याहरुको पूजा गरेकी छन् । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति भण्डारीले महानवमीको शुभदिनमा बिहीबार नवकन्याहरुको पूजा गरेकी हुन् ।

दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ । विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २, ३, ४, ५, ६, ७, ८ र ९ वर्षकी कन्याको पूजा गरिन्छ ।



वैदिक सत्य सनातन हिन्दू धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरुलाई नवदुर्गाको प्रतीक मानेर पूजा गर्ने प्रचलन बढेको छ । यसैक्रममा राष्ट्रपति भण्डारीले बिहीबार महानवमीको दिन शितलनिवासमै नवकन्याहरुको पूजा गरेकी हुन् ।

सम्बन्धित समाचार