फाइनल खेलपछि म नेपाल फर्किन्न : अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले फाइनल खेल नेपालको लागि आफ्नाे अन्तिम खेल हुने बताएका छन् । बुधबार बंगालदेशविरुद्धको खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल नफर्किने बताएका हुन् ।

उनले आफूले एक महिनाअघि नै राजीनामा दिएको भन्दै भारतसँगको साफ च्याम्सिपयनसीपको फाइनल खेल नै आफ्नो अन्तिम खेल भएको र आफू नेपाल नफर्किने बताए । उने भने, मेरो प्रशिक्षकत्वमा नेपालले साफमा इतिहास बनायो । नेपललाई एसिया कपमा छनोट गराएँ । नेपाली फुटबल टिमप्रति नेपालले मात्र हाेइन दक्षिण एसियाले नै गर्व गर्दैछ ।



साफ च्याम्पियनसिपअन्तर्गत बुधवार बंगलादेशसँगको खेल १–१ गोलको बराबरीपछि नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो । अब नेपालले उपाधिको लागि आगामी शनिबार (असोज ३०) गते भारतसँग खेल्दैछ ।

सम्बन्धित समाचार