आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

८ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ६ हजार २१४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ३ हजार ४१८ पीसीआर परीक्षणमा ३९८ जना र दुई हजार ७९६ एन्टिजेन परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ८०४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ७९ हजार १५४ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ रहेको छ । जसमा १२ हजार ७९१ जना होम आइसोलेसनमा छन् भने १ हजार ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३१० संक्रमित आईसीयूमा र १०५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख चार हजर २७६ र एन्टिजेन विधिबाट ९३ हजार ३१३ जना पुगेको छ ।

सम्बन्धित समाचार