विजया दशमीको तेस्रो दिन आज पनि टीका थाप्नेक्रम जारी, सरकारी कार्यालय आजबाट खुल्दै

विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्शिवाद लिनेक्रम जारी रहन्छ । विजयादशमीका दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टीका लगाउने परम्परा छ ।

पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टीका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दशैं मनाइँदै आएको छ । घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पुजाआराधना गरेर राखिएको जमरासहितको टीका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ ।



यसैबीच दशैंको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरु आजबाट खुल्दैछन् । फुलपातीको दिनदेखि ५ दिनसम्म दशैं विदा मनाएकाहरु आजबाट नियमित काममा फर्किनेछन् । पर्व मनाउन आ-आफ्नो पुख्यौली थलो गएकाहरु पनि काठमाडौं फर्कने क्रम सुरु भइसकेको छ । जस्ले गर्दा काठमाडौंमा चहलपहल बढेको छ ।

सम्बन्धित समाचार