आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

६ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८ हजार ७७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ९६६ पीसीआर परीक्षणमा ३८५ जना र एक हजार ११ एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ६८० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ८१ हजार ४५६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख पाँच हजार ३४ र एन्टिजेन विधिबाट ९३ हजार ३६२ जना पुगेको छ ।

सम्बन्धित समाचार