माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

नेकपा (माओवादी केन्द्र)को आकस्मिक स्थायी कमिटी बैठक चलिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान ८ बजेबाट बैठक जारी रहेको छ ।

बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको छ । कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।



यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दै छ । सोको तयारी बारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार