नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कात्तिक ।

सुदूरपश्चिममा बाढी र पहिरोमा परेर १० जनाको ज्यान गएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार डोटीमा आठ र डडेलधुरामा दुई जनाको मृत्यु भएको हो। पछिल्लो जानकारीअनुसार डोटीका ११ वर्षीय आशिष कुन्जेडा, १४ वर्षीय सागर कुन्जेडा, ६३ वर्षीय जोगी सार्की, ४२ वर्षीय शेरबहादुर विक, मोहन विक, पवित्रा विक, रविन विक र मन्धरा बलायरको मृत्यु भएको छ। यस्तै, डडेलधुरामा ३२ वर्षीय विष्णु अवस्थी र ६५ वर्षीय नरपता शाहीको मृत्यु भएको छ।
बाढी र पहिरोमा परेर छ जना घाइते भएका छन्। डोटीका चार र डडेलधुराका २ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। घाइतेमा डोटीका बिर बहादुर कुन्जेडा , बासुदेबी कुन्जेडा , बिन्दा कुन्जेडा, झुपरी सार्की र डडेलधुराका देवकी रावल र गिरिस रावल रहेका छन्। त्यस्तै बझाङमा २३ जना बेपत्ता भएका छन्।
पहिरोमा परी बेपत्ता हुनेहरुमा बझाङका उजली पार्की, हासु पार्की, आयसु पार्की, हिमा पार्की, सीमा पार्की, हर्क सार्की, धनगिरी सार्की, सीता सार्की, प्रभा सार्की, भूमिका सार्की, इश्वरादेवी सार्की, सञ्जिव सार्की, शर्मिला सार्की, सुवास सार्की, विकास सार्की, मिकेस सार्की, मदन सार्की, कलु सार्की, एलिसा सार्की, कम्मा सार्की, सविना सार्की, सरोज सार्की, सिम्जिबि सार्की रहेका छन्।
त्यस्तै नदीमा बेपत्ता हुनेहरुमा कैलालीका गणेश आउजी, खडक घर्ती मगर, विक्रम घर्ती मगर, खडक राना मगर र डोटीका वीरे रोकाया रहेका छन्। प्रहरीका अनुसार कञ्चनपुर र कैलालीको तराई क्षेत्र बाहेक अन्य सबै जिल्लाहरुमा यातायात टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध भएको छ।

