प्रदेश १ र बागमती प्रदेशको भागवण्डा मिलाउन बालुबाटारमा गठबन्धनको बैठक

प्रदेश १ र बागमती प्रदेशमा सत्ता समीकरण मिलाउन गठबन्धनमा आबद्ध चार दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको छ । बैठकमा प्रधामन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपाबाट उपेन्द्र यादव सहभागी छन् ।

अहिले जारी बैठकमा प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनबीचको सत्ता समीकण मिलाउने प्रयास भइरहेको छ । बागमती प्रदेशमा भोलि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने गरी प्रदेशसभा बैठक बस्दैछ ।



बागमती प्रदेशमा मुख्यमन्त्रीमा एकीकृत समाजवादी र काँग्रेसले दाबी गरिरहेका छन् । आजको बैठकले प्रदेश १ मा पनि कसको नेतृत्वमा सरकार बन्ने र मन्त्रालयको भागबण्डा पनि टुंगोमा पुर्‍याउने तयारी गरेको छ ।

सम्बन्धित समाचार