नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कार्तिक ।
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । छापावाल सुन बुधबार १०० रुपैयाँ बढ्दै प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० कायम गरिएको छ, जुन बुधबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य बुधबारको मूल्य भन्दा २५ रुपैयाँ बढ्दै प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारको मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ ।