नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कार्तिक ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल खस्किएको छ । आज (बिहीबार)सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान तल झर्दै १६९ औं स्थानमा रहेको हो ।
नेपाल यसअघिको वरीयतामा १६८औं स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०६ औं स्थानमा रहँदा माल्दिभ्स भने १५६ औं स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रमा नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १८६ औं, बंगलादेश १८७ औं, पाकिस्तान १९७ औं र श्रीलंका २०४ औं स्थानमा रहेका छन् ।
त्यस्तै नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् ।यस्तै छैटौंमा अर्जेन्टिना, सातौंमा स्पेन, आठौंमा पोर्चुगल, नवौंमा मेक्सिको र दशौं स्थानमा डेनमार्क रहेका छन् ।