आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

८ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८ हजार ५४९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ५८६ पीसीआर परीक्षणमा ४७० जना र एक हजार ९६३ एन्टिजेन परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ७२६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ८४ हजार ८८१ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ रहेको छ । जसमा १० हजार ५३० जना होम आइसोलेसनमा छन् भने ७८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २८८ संक्रमित आईसीयूमा र ९८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख सात हजर ५२२ र एन्टिजेन विधिबाट ९३ हजार ७७१ जना पुगेको छ ।

सम्बन्धित समाचार