नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कात्तिक ।

नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा हुने भएको छ । आजको बसेको स्थायी कमिटी बैठकले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।बैठक भोलि दिउँसो २ बजे पुनः बस्नेछ । एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ ।
त्यसैगरी आज केन्द्रीय निर्वाचन आयोगका पदाधिकारीले सपथ लिएका छन् । जारी स्थायी समिति बैठकमा आयोगका अध्यक्ष र सदस्यहरूले सपथ लिएका हुन् । असोज १५ देखि १७ गतेसम्म चलेको विधान महाधिवेशनले विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग गठन गरेको थियो ।
आयोग सदस्यहरूमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे छन् । सुब्बा नेतृत्वको आयोगले एमालेको १० औं महाधिवेशनमा निर्वाचन संचालन गर्नेछ ।

