नेपाल र इन्डोनेसिया भिड्दै

एएफसी यू -२३ एसियन कप छनोट अन्तर्गत आज (शुक्रबार) नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले इन्डोनेसियाको यू -२३ टिमसँग मैत्रीपूर्ण खेल्न लागेको हो ।

ताजिकिस्तान भ्रमणमा रहेको नेपाली टोलीले आज ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा इन्डोनेसियाको सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे हुनेछ । एसियन कप छनोटको समूह ‘बी’ मा रहेको नेपालको समूहमा लेबनान, इरान र ताजिकिस्तान रहेका छन् । एसियन कपको छनोटको तयारीको लागि नेपालले इन्डोनेसियासँग खेल्न लागेको हो ।



एसियन कप छनोट अन्तर्गत पहिलो खेल अक्टोबर २५ मा इरानसँग खेल्दैछ भने दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ । ११ समुहमा रहेको छनोटका शीर्ष टोली सहित उत्कृष्ट चार टोलीले एएफसी यू –२३ एसियन कप खेल्नेछन् । फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा आयोजना हुँदैछ।

सम्बन्धित समाचार