नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ कात्तिक ।

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएनसको पदाधिकारी बैठक सुरू भएको छ। नेपाल बार एशोसिएनको हलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अदालतको पछिल्लो अवस्था बारेमा छलफल गर्न बैठक बोलाइएको हो।
प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा कोटा माग गरेको विषय अजेन्डा रहेको बताइएको छ। बारका पूर्वअध्यक्ष एवं सल्लाहकारहरुले सर्वोच्च अदालत कठिन मोडमा पुगेकाले बारले तत्काल पहल लिनुपर्ने बताएका थिए। उनीहरूको सुझाव र आलोचनापछि बारले आकस्मिक बैठक बोलाएको हो।
न्यायालय गम्भीर मोडमा पुगेको निष्कर्षसहित बारले छलफल थालेको बारमा एक पदाधिकारीले बताए। उनले आजको बैठकले अब राणाले निकास दिनुपर्ने विषयमा ठोस निर्णय गरेर अघि बढ्ने छलफल हुने बताए।

