१० बुँदेको आशमा एमालेमा बस्नेहरुको हरिबिजोग छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौं-सिन्धुपाल्चोक सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओलीले आफ्नो आदेशको पालना गर्‍यो भने स्याबास भन्छन्। उ बस्न पाउँछ। आदेशको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको ? भन्छन्। सुन्नुभएको छ नि १० बुँदेको ट्याउँ-ट्याउँ।’

पार्टी विभाजनको क्रममा १० बुँदे सहमति भनेर आफ्नो साथ छाडेको तेस्रो धारका नेताहरुको एमालेमा हरिबिजोग भइरहेको उनले टिप्पणी गरे। एमाले आफूले यहाँसम्म ल्याएको पार्टी भएको दाबी गर्दै उनले पार्टी निर्माणमा केपी शर्मा ओली कम्पनीको कुनै भूमिका नभएको जिकिर गरे।



‘३४ सालमा पुष्पलाल समूहबाट विद्रोह गरेर आउनुभएको जीवराज आश्रित हुनुहुन्न अहिले। मोदनाथ प्रश्रित हुनुहुन्छ। मदन भण्डारी हुनुहुन्न। उहाँले अगाडी सार्नुभएको जनताको बहुदलीय जनवाद हाम्रो पार्टी नेकपा एमालेले अगाडि सारेको थियो। केपी ओली एण्ड कम्पनीले गरेको होइन’ अध्यक्ष नेपालको भनाइ छ।

सम्बन्धित समाचार